नियम २४
अस्थायी रूपमा भिसा सिफारिस वा जारी गर्न सकिने

(१) अध्ययन, गैर पर्यटक र व्यवसायिक भिसाका लागि सिफारिस गर्न समय लाग्ने भएमा सम्बन्धित मन्त्रालयले सोही व्यहोरा जनाई
बढीमा ३ महिनासम्मको लागि अस्थायी रूपमा अध्ययन, गैर पर्यटक र व्यवसायिक भिसाको सिफारिस गर्न सक्नेछ ।
(२) नियम ८ को उपनियम (१) (ज) अनुसारका विदेशीलाई विवाह दर्ता प्रमाणपत्र पेश गर्न समय लाग्ने भएमा सम्बन्धित मुलुकको अधिकारी वा दूतावासको सिफारिसका आधारमा विभागले बढीमा ३ महिनासम्मको गैर पर्यटक भिसा जारी गर्न सक्नेछ ।